Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे पक्राउ


    बुधबार, साउन १७ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । तामाङ र मगर समुदायको विषयमा विवादास्पद अभिव्यक्ति दिएकी कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ लाई प्रहरीले पक्राउ गरेको छ । अधिवक्ता पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले जानकारी दिए ।

    शुक्रबार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनिबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् ।

    उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको डिएसपी अधिकारीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार