काठमाडौं । राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै ठुलो मानिएको १ क्विन्टल (सय किलो) सुन तस्करी प्रकरणमा पक्राउ परेका मुख्य डिजाइनरमध्येका एक मानिएका चिनियाँ नागरिक दावा छिरिङमा मुख्य अनुसन्धान केन्द्रित गरेको छ । दावासहित हालसम्म पक्राउ परेका १८ जनाकै कल डिटेल्स लिने काम सम्पन्न भएको र सोही आधारमा दर्जनौं व्यक्तिहरूलाई निगरानीमा राखेर थप अनुसन्धान अघि बढाइएको विभाग स्रोतले जानकारी दिएको छ ।
दावाको कलडिटेल्सका आधारमा केही राजनीतिक नेतृत्वसमेत निगरानीमा परेको हुन सक्ने स्रोतको दाबी छ । सोही आधारमा केही राजनीतिक व्यक्तित्व तथा उच्च तहका व्यापारिक घरानासमेत तानिनसक्ने देखिएको छ ।
विभाग स्रोतका अनुसार सुन तस्करीको मुख्य डिजाइनर मानिएका दावासँग सामान्य केरकार र सोधपुछ भइरहेको छ । उनीसँग विस्तृत बयान लिने काम भने बाँकी रहेको र छिटै बयान लिइने विभागस्रोतले जानकारी दिएको छ ।
दावाले प्रयोग गरेका सबै मोबाइलको कल डिटेल्स लिने काम गरिएको र सो आधारमा अन्य संकास्पद व्यक्तिलाई निगरानीमा राखिएको छ । यस्तै, दावाले प्रयोग गर्दै आएका सबै इलेक्ट्रिक डिभाइसहरू प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ ।
विभागका अनुसार दावासहित पक्राउ परेका १८ जनाकै कलडिटेल्स लिने काम सम्पन्न भइसकेको छ । दावासहितका १८ जनासँग विभिन्न समयमा फोन सम्पर्क गर्ने दर्जनांै व्यक्तिहरू विभागको उच्च निगरानीमा परेका छन् ।
यसरी निगरानीमा पर्नेमा केही राजनीतिक व्यक्तिहरू र व्यापापारिक घरानाहरू रहेको विभाग स्रोतले जानकारी दिएको छ । ‘१८ जनाकै कलडिटेल्स प्राप्त भइसकेको छ त्यसका आधारमा उनीहरूसँग कुराकानी गर्ने र सम्पर्क बढाउने व्यक्तिहरूलाई निगरानीमा राखेर थप छानबिन अघि बढाइरहेका छौं,’ विभागका सूचना अधिकारी नवराज अधिकारीले भने । योे समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend