Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपालको गुनासो- हामी हुनुपर्ने जति इमान्दार भएनौँ


    मंगलबार, साउन १६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानमा भएका अधिकार र व्यवस्था कार्यान्वयनमा लैजान नसकिएको गुनासो गरेका छन् ।

    आज मंगलबार पार्टी निकट अनेरास्ववियुले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पूर्व प्रधानमनत्री समेत रहेका नेपालले देशमा धेरै किसिमका समस्या रहेको पुष्टि गरे ।

    ‘देशमा धेरै समस्याहरू छन् । ती मध्ये पहिलो समस्या हामी सबै बन्नुपर्ने जति इमान्दार बनेका छैनौँ । देश बनाउने भावनाले ओतप्रोत छैनौ’, अध्यक्ष नेपालले भने, ‘हामीले आफूलाईमात्र केन्द्र विन्दुमा राख्ने गरेका छौँ, देश र जनतालाई केन्द्र विन्दुमा राखेका छैनौँ ।’

    उनले देश र जनतालाई केन्द्र विन्दुमा राखेर अघि बढ्नुपर्ने भन्दै स्वतन्त्रता, स्वाधिनतामा ठेस लाग्ने काम भयो भने स्वीकार्य नहुने बताए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार