Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा डोजरसहित आन्दोलनमा उत्रिए निर्माण व्यवसायीहरु


    मंगलबार, साउन १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्माण व्यवसायीहरुले आज (मंगलबार) बिहान डोजर लगायतका निर्माण यन्त्रहरुसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक विरोध प्रदर्शन गरेका छन् ।

    उक्त विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका ९ बुँदे मागसहित आन्दोलन थालेको जानकारी गराउँदै माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने पुष्टि गरे।

    निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरुलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउन उनले माग गरे ।

    उनीहरुले आज सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, उपभोक्ता समितिबाट हुने निर्माण कार्य खारेज गरलगायतका विभिन्न नारा लेखिएका प्लेकार्डसहित आन्दोलन गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार