काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था लागु भएपछि उत्तीर्ण हुनेको सङ्ख्या करिब ५० प्रतिशतले वृद्धि भएको छ । मोटरसाइकलमा एक सय पूर्णाङ्कमा शतप्रतिशत नै अङ्क ल्याउनुपर्ने व्यवस्था हुँदा ४० प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण हुन्थे भने हाल ७० अङ्क मात्र ल्याए उत्तीर्ण हुने व्यवस्थामा ८० प्रतिशत उत्तीर्ण भएका छन् ।
यातायात व्यवस्था कार्यालय एकान्तकुनाका अनुसार चारपाङ्ग्रे सवारीसाधनको लाइसेन्स परीक्षामा पहिला १० देखि १५ प्रतिशत मात्र उत्तीर्ण हुन्थे । हाल ३० देखि ३५ प्रतिशतसम्म उत्तीर्ण भएका छन् ।
पुरानो परीक्षा प्रणालीमा हरेक आइतबार आठ सयको सङ्ख्यामा सेवाग्राही हुन्थे भने हाल झन्डै ५० प्रतिशतले घटेको छ । अन्य बारमा पहिला पाँचदेखि छ सयसम्म हुन्थ्यो भने अहिले दुईदेखि तीन सयसम्मको सङ्ख्यामा सेवाग्राही आएका छन् ।
कार्यालयका निमित्त प्रमुख राजकुमार कपालीले भने “अहिले पास गर्नेको सङ्ख्या झन्डै ४० देखि ५० प्रतिशतले बढेको छ । पास धेरै भएर फाराम भर्नेको सङ्ख्या घटेको छ । सेवा प्रवाहमा धेरै सहज भएको छ । सेवाग्राहीलाई पनि धेरै सजिलो भएको देखिन्छ ।”
यातायात व्यवस्था विभागले पनि ७० अङ्क ल्याएपछि उत्तीर्ण हुने व्यवस्थाले सेवाग्राही बढेको जनाएको छ । पहिलो एक सय अङ्क नै ल्याउनुपर्ने व्यवस्थाले विभागमा लाइसेन्स प्रिन्ट गर्नेको सङ्ख्या कम हुने गरेकोमा अचेल उक्त सङ्ख्या बढेको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भने, “अहिले देशभरबाट दैनिक छरसात हजारको हाराहारीमा सेवाग्राही हुनुहुन्छ । पहिलाको अनुपातमा यो सङ्ख्या बढेको हो ।”
श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमतीले ट्रायल परीक्षामा नयाँ व्यवस्था गत फागुन २ गतेदेखि लागु गरेको थियो । अन्य प्रदेशमा पहिले नै लागू भइसकेको थियो ।
बागमती प्रदेश मन्त्रालयले चार वटा कार्यालय ठूलोभ(याङ, एकान्तकुना, चाबहिल र हेटौँडा कार्यालयबाट एकैसाथ लागु गरेको थियो । कार, स्कुटर र मोटरसाइकलको लाइसेन्सका लागि मात्र नयाँ व्यवस्था लागु गरिएको छ । नयाँ व्यवस्था अनुसार अङ्ग्रेजी आठ अक्षर अङ्कित घुमाउरोमा एक पटकसम्म रेखा छोएमा अनुत्तीर्ण हुँदैन तर पाँच अङ्क घट्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend