Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे छलफल


    सोमबार, साउन १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा विशेष सार्वजनिक बससेवा सञ्चालनबारे प्रधानमन्त्री प्रचण्डले छलफल गरेका छन् ।

    सार्वजनिक बससेवा सञ्चालनबारे प्रधानमन्त्री प्रचण्डले साउन १५ गते सोमबार भौतिक योजना तथा यातायता मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरी लगायतका निकायसँग बहुपक्षीय छलफल गरेका हुन् ।

    छलफलका क्रममा काठमाडौं उपत्यका दिनहँु देखिने ट्राफिक समस्या समाधान र विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे छलफल भएको थियो ।

    छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकामा देखिएका सडकका हरेक समस्या समाधान गर्नेगरी लाग्न सम्बन्धित निकायलाई सचेत गराउनुभएको छ ।

    विशेष सार्वजनिक बससेवा सञ्चालनबारे सम्बन्धित निकायबीच भएको छलफलको प्रशंसा गर्दै असोजसम्मलाई टार्गेट गरेर विशेष बसहरु सञ्चालन गर्ने गरी तयारी गर्न निर्देशन दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार