जनकपुरधाम । महोत्तरीको सोनमामा पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा सर्लाहीको गोडइता नगरपालिका ९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चंचला कुमारी र भारत बिहारको सितामढी रामनगरका रामभजन मलिक डोमकी ५ वर्षीया छोरी अर्चना कुमारी छन् ।
मावली गाउँ महोत्तरीको सोनमा गाउँपालिका ५ खैरबनी आएका दुबै बालिकाको हिजो शनिबार पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
प्रहरी निरीक्षक मनोज यादवका अनुसार आमाको साथमा मामा गाउँ आएकी अर्चना र चंचला शनिबार दिउँसो १ बजेदेखि ४ बज्जेसम्म सम्पर्कविहीन भएपछि खोजी सुरू गरिएको थियो । खोजतलासको क्रममा घरकै सामुन्ने रहेको रामविनय यादवको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक यादवले बताए ।
दुवै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
काठमाडौँ। शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend