Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गिरीबन्धु टी स्टेटका मजदुरहरुको चेतावनी, पारिवारिक समस्याको समाधान वार्ताबाट खोज


    शुक्रबार, साउन १२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • झापा । कृषि तथा बगान क्षेत्र श्रमिक संघले गिरीबन्धु टी स्टेटको समस्या वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गरेका छन् । पारिवारिक समस्या भए बसेर समाधान निकाल्न संघले आग्रह गरेको छ । प्रेमकुमार गिरी र कृष्णकुमार गिरीले गिरीबन्धु टी स्टेटकोबारेमा पारिवारिक कुरालाई मिडियामा ल्याएर भ्रम छर्न खोजेको उल्लेख गर्दै बसेर समाधान खोज्न आग्रह संघले गरेको छ ।

    नेपाल कृषि तथा बगानक्षेत्र श्रमिक संघ प्रतिष्ठानस्तरको ट्रेड युनियन गिरीबन्धु टी स्टेटका अध्यक्ष नारायण दर्जीले बुधवार जारी गरेको बिज्ञप्तिमा पारिवारिक समस्यालाई उत्तेजित ढंगले उठाउनेभन्दा पनि बसेर समाधान खोज्न आग्रह गरिएको छ ।

    गिरीबन्धु टी स्टेटमा १ सय ७० जना श्रमिक कार्यरत रहेका छन् । ती मजदुर संगठित संघको प्रेस विज्ञप्तिमा उल्लेख छ–गिरीबन्धु टी स्टेट प्रालिको शेयरधनी नभएका कृष्णकुमार गिरी र प्रेमकुमार गिरीले प्रकाशित गरेको प्रेस विज्ञप्तिले यस टी स्टेटमा काम गर्ने तमाम श्रमिकहरुको हकहितलाई ध्यान दिनुको साटो मुद्दाको विषय उठान गरी आफूहरुको समस्या ओझेल मात्र पार्न खोजेको भन्दै यस्ता अनर्गल प्रचारवाजीले उद्योगको नामबाट गरिएका काम व्यवहारलाई प्रभाव पार्ने भएकाले त्यस्ता भ्रमको पछि नलाग्न श्रमिक र सर्वसाधारणलाई विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।

    संघको विज्ञप्तिमा उल्लेख छ– यस गिरीबन्धु टी स्टेट प्रालि.का सञ्चालकहरुमध्ये विज्ञप्तिमा हस्ताक्षर गर्ने ती व्यक्तिहरु पनि शेयरहोल्डरहरु नै थिए । तर, २०४० तिर गिरीबन्धु टी स्टेटबाट शेयरबापत प्रेमकुमार गिरी र कृष्णकुमार गिरीले राजमार्ग उत्तर पूर्वतर्फबाट १ सय २ बिगाहा जग्गा अर्को चिया उद्योग खोली नामसारी गरिलाने शर्तमा गिरीबन्धु टी स्टेटको शेयर हक छोडेको साँचो हो । उक्त मितिबाट उनीहरुले पाएको १ सय २ बिगाहा जग्गा र श्रमिकसमेत भाग लगाई जिम्मा लिई सो जग्गामा प्रेमकुमार र कृष्णकुमार गिरीहरुले न्यू गिरी एण्ड सन्स्  टी स्टेट आजसम्म अनवरत रुपमा भोग गरी आएको सर्वसाधारणलाई जानकारी गराइन्छ ।’ त्यसबेला प्रेमकुमार गिरी र कृष्णकुमार गिरीले जग्गासँगै बगानमा कार्यरत श्रमिकहरुलाई समेत आफ्नो भागमा लिएर गएको स्मरण गराउँदै त्यो समयमा गिरीबन्धु टी स्टेटबाट १०२ बिगाह बराबर भागमा लिएर गएका श्रमिकहरुको अवस्थाका बारेमा उनीहरुले खोजीनीति नगरेको दावी गरिएको छ ।

    संघले उक्त समयमा निजी फाइदाको लागि श्रमिकहरुलाई आन्दोलित गराए । आन्दोलनले श्रमिकहरु भोकभोकै हुनु परेको विगत हामीले बिर्सेका छैनौ । विज्ञप्तिमार्फत आफ्नो अधिकार खोज्ने प्रेमकुमार र कृष्ष्णकुमार गिरीहरुलाई संघले प्रश्न गरेको छ–त्यो समयमा गिरीबन्धु टी स्टेटबाट १०२ विगाह बराबर भागमा परेका श्रमिकहरुको अवस्था के छ ? सो बारेमा खोजीनीति किन नगरेको ?

    गिरीबन्धु टी स्टेट प्रालिको हालका संचालक छत्रबहादुर गिरीलाई अवैध र गैरकानूनी सञ्चालक हो भन्ने झुटो प्रचारले गिरीबन्धु टी स्टेटमा कार्यरत श्रमिकहरु उत्तेजित बन्न सक्ने भएकाले कारणवस कुनै प्रकारका घटना हुन गएमा श्रमिकहरुको दायित्व वा जिम्मेवारी लिन तयार रहन पनि प्रेमकुमार र कृष्णकुमारलाई चेतावनी दिइएको छ ।

    नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघको विज्ञप्ति

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार