Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सोह्रखुट्टेबाट बरामद भएको ६६ काटुनमा पनि सुन भएको आशंका


    बिहिबार, साउन ११ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राजश्व अनुसन्धान विभागले बुधबार सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा काटन बरामद गरेको छ। हिजो बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक घरमा छापा मार्दा उक्त परिणाममा ‘ब्रेक शु’ फेला पारेको हो। भेटिएको उक्त सामान अहिले राजस्व अनुसन्धान विभागले लगेको छ।

    राजश्व अनुसन्धान विभागले हिजो बेलुका बरामद गरेको यस ६६ काटुनमा पनि सुन भएको हुन सक्ने आशंका गरिएको छ ।

    विभागका महानिर्देशक नवराज ढुंगानाले भने, “हामीले ६६ काटुन बरामद गरेका छौँ, त्यसभित्र के छ भन्ने अनुसन्धान भइरहेको छ ।”

    विभागको टोलीले बुधबार नै बालुवाटारमा रहेको चिनियाँ नागरिकको गोदामबाट सुन गाल्ने मेसिन बरामद गरेको थियो । पक्राउ परेका भारतीय नागरिक थुप्तेन छिरिङ र चिनियाँ नागरिक जेक्युयाङ लीनको बयानका आधारमा अनुसन्धान गर्दा सुन गाल्ने मेसिन भेटिएको थियो ।

    साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पास भएर बाहिरिएको ब्रेक शु बरामद गरेको थियो । त्यसभित्र करिब एक क्विन्टल सुन रहेको आशंका गरिएको छ । बरामद भएका ब्रेक शु बाट सुन निकालेर नेपाल राष्ट्र बैंकको टक्सार विभागमा लगिएको छ ।

    त्यहाँ सुरक्षित राखिएको उक्त सुन भोलि शुक्रबार तथा आइतबार तौल लिने तयारी गरिएको स्रोतले बतायो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार