Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अझै भेटिएनन् सामाखुसी खोलामा बगेर बेपत्ता भएका साजन


    बुधबार, साउन १० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाण्डाैको सामाखुसीमा बाढी आउँदा नालामा खसेर बेपत्ता भएका बालक अझै भेटिएका छैनन्।

    आइतबार साँझ करिब साढे ५ बजे काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित एनसिएमटी अगाडि नालामा खसेर १२ वर्षीय साजन आलेमगर बेपत्ता भएका थिए। तर उनी अझै फेला पर्न भने सकेका छैनन्।

    रानीबारीस्थित घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने साजन अहिलेसम्म फेला परेका छैनन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीका अनुसार बालकको खोजी जारी नै छ।

    ‘फेला परेका छैनन्। खोजी भइरहेको छ,’ उनले भने, ‘कतिपय छोपिएका ठाउँहरू छन्। त्यहाँ भित्रभित्र पनि हेरिरहेका छौं।’

    यस्तै, उनको खोजी गर्न काठमाडौं प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई पनि पत्राचार गरेको छ।

    मकवानपुरले पनि बागमती वरिपरिका प्रहरी युनिटलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेक कार्कीले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार