पाँचथर। मेची राजमार्गको पाँचथर खण्डमा आज जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। उक्त घटनामा भने १३ जना घाइते भएका छन् । झापाको विर्तामोडदेखि ताप्लेजुङ हिँडेको मे १ ज १९४१ नम्बरको जिप मंगलबार दिउँसो एक बजे फिदिम नगरपालिका २ सामदिनमा दुर्घटना भएको हो ।
दुर्घटनामा एक जनाको निधन भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको निधन भए पनि उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले बताए ।
दुर्घटनामा ताप्लेजुङकी ४० वर्षीया सविना विश्वकर्मासहित २ जनाको अवस्था गम्भीर भएको डीएसपी खतिवडाले बताए ।
दुर्घटनामा इलाम दानावारी ८ घर भएका चालक अर्जुन विश्वकर्मा, ताप्लेजुङ पाथिभरा याङवरक–१ बस्ने बुद्धहाङ लिम्बू, ताप्लेजुङ मिक्वाखोला–५ बस्ने इसेटिमा शेर्पा, पाँचथर हिलिहाङ–१ का रोशन श्रेष्ठ र भुपेन्द्र श्रेष्ठ, ताप्लेजुङ सिरिजंगा–३ का सरोज मादेन, ताप्लेजुङ फक्ताङलुङ–३ का अजय लिम्बू, इलाम सिद्धिथुम्का–८ की निरुता सिन्चेउरी कालिकोट जिल्लाको पतञ्जली गाउपालिका–१ का सुमन खड्का, काठमाडौं–२० की मिना लिम्बू, पाँचथर फाल्गुनन्द ३ का राम नेम्वाङ, फिदिम १० की सविना विक, फिदिम–१० कै पुस्तिका विश्वकर्मा घाइते भएका छन् ।
घाइतेमध्ये सविना विश्वकर्मा र मिना लिम्बूको अवस्था गम्भीर भएकाले थप उपचारका लागि झापाका सुविधा सम्पन्न अस्पतालमा पठाइएको पाँचथर प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend