दाङ। लगातारको वर्षापछि दाङको देउखुरी उपत्यकाभित्रका केही स्थान डुबानमा परेको छ । उक्त भारी वर्षाका कारण पूर्व-पश्चिम राजमार्ग छेउँछाउँका बस्तीहरू जोखिममा परेका हुन् ।
वर्षासँगै खहरे खोलामा आएको बाढीका कारण त्यस क्षेत्र आसपासका घरहरू बाढी पहिरोको जोखिममा परेका हुन्। जिल्लाको लमही नगरपालिका- १ मा रहेको कौडियाखोलामा आएको बाढी होमपाइप उद्योगमा पसेको छ।
पानीको निकास नहुँदा राजमार्ग उत्तर क्षेत्रका बस्तीहरू जलमग्न भएका छन्।
यस्तै, गढवा गाउँपालिका वडा नं. ५ र ३ मा बाढीका कारण बस्तीहरू डुबानमा पर्ने जोखिम रहेको प्रहरीले बताएको छ।
यसैगरी, राजपुर गाउँपालिका- ५ मा १० वटा घर डुबानको जोखिममा रहेको र अहिले पानी घट्ने क्रममा रहेकाले केही समस्या टरेको प्रहरीले जनाएको छ।
वर्षाका कारण कालाकाटे सिक्टा हुलाकी राजमार्ग अवरुद्ध भएको छ। निर्माणाधीन सडकमा बाढीले असर पुर्याएको छ भने बन्दै गरेको पुलमा पनि क्षती पुर्याउन थालेको छ। यहाँ मात्र नभएर यहाँ आसपासका अधिकांश स्थानमा भारी वर्षाका कारण डुवान तथा सडक अवरुद्धका समस्या छन्।
‘बाटो अवरुद्ध छ। आउन जान समस्या छ’ प्रहरी प्रमुख वलीले भनिन्,’पानी परिरह्यो भने जोखिम बढेर जाने देखिन्छ।’
लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले दाङ, प्युठानलगायत पश्चिमी भेगका स्थानीयलाई सास्ती दिएको छ।



काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend