Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागलुङ भिमगिठेका वरिष्ठ सई झुन्डिएको अवस्थामा मृत फेला


    मंगलबार, साउन ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् । वरिष्ठ सई पौडेल बडिगाड गाउँपालिका-६ मा रहेको आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् ।

    प्रहरीका अनुसार घटना सोमबार राति साढे १२ बजेतिरको हो। घटना भएपछि होटेल सञ्चालकले १ बजेतिर वडाअध्यक्षलाई फोन गरेर जानकारी गराएका थिए ।

    जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल प्रस्थान गरेको र वर्षाका कारण सडक अवरुद्ध हुँदा केही समस्या भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार