Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिरहामा भैँसी भाडामा ल्याएर बाँड्ने सहकारीलाई कारबाही


    सोमबार, साउन ८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिरहामा भाडाको भैँसी अनुदानमा बाँड्ने सहकारीलाई कारबाही गरिएको छ । जिल्लाको औरही गाउँपालिकाले भाडामा भैँसी ल्याएर अनुदानको भन्दै किसानलाई वितरण गरेको सहकारीलाई कानुनबमोजिम कारबाही गर्ने र भुक्तानी नदिने निर्णय गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष शिवजी यादवले ४ स्थित खजनपुर सहकारी संस्थालाई कारबाही गर्ने निर्णय गरेका हुन् । आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले सहकारीलाई कारबाही गर्ने निर्णय गरिएको जनाइएको छ ।

    छानबिन समितिले समेत सहकारीले भाडाको लोकल भैँसी किसानलाई वितरण गरेको र किसानबाट पुनः फिर्ता लिई अनुदानको दुरुपयोग गर्न खोजेको ठहर गर्दै कानुन बमोजिम कारबाही र भुक्तानी नगर्न सुझाव दिएको आधारमा कार्यपालिका बैठकले निर्णय लिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार