Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाजुरामा खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता


    सोमबार, साउन ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बाजुरामा खोलाले से २ त ३२२५ नम्बरको ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका छन्।

    मार्तडी–कोल्टी सडकअन्तर्गत बडिमालिका नगरपालिका–९ स्थित अनाया खोलाले ट्याक्टर बगाएको हो।

    जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टर चालक कैलालीको जोशीपुर गाउँपालिका–६ का डुबनारायण चौधरी बेपत्ता भएका छन्।

    आइतबार राति कोल्टी जाने क्रममा अनाया खोलाले उक्त ट्याक्टर बगाएको थियो। ट्याक्टर २० मिटर तल ढुंगामा अड्किएको अवस्थामा भेटिए पनि चालक बेपत्ता भएका हुन्।

    चालकको खोजीका लागि टोली परिचालन गरिएको प्रहरीले बताएको छ। ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार