Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महोत्तरीमा डीएसपी कुटिएपछि…


    आइतबार, साउन ७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जनकपुरधाम। महोत्तरी सदरमुकाम जलेश्वरमा प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुटिएका छन् । जनकपुरधामस्थित प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी नायब उपरीक्षक चन्देश्वर यादव कुटिएका हुन्।

    जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा गत बिहीबार राति करिब १० बजे यादव कुटिएका स्रोतले बतायो । यादवको हाल उपचार हुँदै छ।

    स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार बिहीबार अचानक हो–हल्ला सुनिएपछि घर बाहिर निस्किँदा रगतमा लतपतिएको अवस्थामा डीएसपी यादव भेटिएका थिए। उनले स्थानीयसामू आफूलाई बचाउन गुहार मागेका थिए। त्यसपछि उनलाई ट्राफिक प्रहरीले उठाएर प्रादेशिक अस्पताल पुर्‍याएका थिए।

    हो–हल्ला भएपछि घटनास्थल भन्दा करिब एक सय मिटरको दूरीमा रहेको जलेश्वर ट्राफिक कार्यालयका प्रहरीले घाइते यादवको उद्धार गरेर जलेश्वर प्रादेशिक अस्पताल लगेका स्थानीयले जानकारी दिए। घाइते यादवको खुट्टा भाँचिएको छ। हाल यादवको काठमाडौं स्थित प्रहरी अस्पतालमा उपचार भैरहेको श्रोतले जनाएको छ।

    धनुषामा कार्यरत डीएसपी यादव राति १० बजे एक्लै जलेश्वरमा किन गएको र घटना के कारण भएको भन्ने विषयमा प्रहरीको कुनै पनि निकायले बोल्न नमाने पनि घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार