काठमाडौं । नेपाली सेनाको संख्या घटाउने वा नघटाउने’त बहस चर्किएको छ । केही नेताले नेपाली सेनाको संख्या ठुलो भएको भन्दै मुलुकको अर्थतन्त्रले धान्नै नसकिने भएकाले घटाउनुपर्ने तर्क अघि सारेका छन् । तर, केही नेताले नेपाली सेनाको संख्या घटाउन हुन्न भन्ने पक्षमा उभिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले सुरक्षा फौज र कर्मचारीतन्त्रको पुनर्संरचना’ प्रश्न उठाउँदै सेनाको संख्या घटाउनुपर्ने तर्क गरेका छन् ।
गत ५ असारमा प्रतिनिधिसभाको बैठकमा यस्तो तर्क अघि सारेपछि आलोचनासमेत भइरहेको छ । उनले सेनाको आफ्नै सुधार योजना सुन्न भनेर अघिल्लो दिन प्रधान सेनापतिसँग भेट गरेको बताउँदै ‘सुरक्षा फौज र कर्मचारीतन्त्र’ राजनीतिक सहमति नै गरेर अप्रिय नै सही एउटा ठुलै कदम चालेनौं भने हामी दुर्घटनाउन्मूख छौं ।’
रास्वपा सांसद डा। वाग्लेले श्रीलंकामा एकतिहाइले सेनाको संख्या घटाएको उदाहरण दिँदै नेपालमा ९० हजार सेना आवश्यक नरहेको तर्क गरेका थिए । यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले)की सांसद विमला राई पौड्यालले पनि सेनाको संख्या घटाउनुपर्ने तर्क गरेकी छन् ।
गत १६ असारमा रक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव गर्दै राष्ट्रियसभामा उनले सेना’अभिव्यक्ति दिएकी थिइन् । ‘हाम्रो देशको स्वार्थ रक्षा गर्न नसक्ने रक्षा मन्त्रालयलाई यति धेरै (८० हजार कि ९० हजार कति) सेना चाहिन्छ कि चाहिँदैन ? पुनरावलोकन गरौं । हाम्रो देशभित्र अहिले लडाइँ छैन, अनि छिमेकीबाट लडाइँ हुने सम्भावना देखिँदैन ।
भइहाले पनि हामी टिक्न सक्ने अवस्था देखिँदैन ।सीमा सुरक्षा गर्नका लागि यसले राम्रोसँग कम्युनिकेट पनि गर्न सक्दैन । सुरक्षा गर्ने त परै जाओस् । भनेपछि यस्तो मन्त्रालयलाई पाल्ने कि नपाल्ने ? ८०÷९० हजार सेना हामीलाई चाहिन्छ कि चाहिँदैन ? यही प्रस्तावसहित मैले आफ्नो खर्च कटौतीको प्रस्ताव राखेको हुँ’ पूर्वमन्त्री समेत रहेकी पौड्यालले भनेकी छन् । यो सामाचा राजधानी दैनिकमा छ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend