Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • काठमाडौंको फोहोर प्रहरी स्कर्टिङमा बञ्चरेडाँडा लगिँदै


    शुक्रबार, साउन ५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौं उपत्यकाको फोहोर धादिङ, धुनिबेसीको बञ्चरेडाँडा लगिँदै छ।

    स्थानीयले फोहोर विसर्जनमा अवरोध गर्दै आएपछि सय बढी प्रहरी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ । अहिले प्रहरीले स्कर्टिङ गरेर फोहोर बञ्चरेडाँडा लगिरहेको स्थानीयले बताएका छन्।

    तर, स्थानीयले धादिङ र नुवाकोटको सीमानामा पर्ने धुनिबेँसी नगरपालिका–१ मा अवरोधको प्रयास गरिरहेका छन्।

    अहिले प्रहरी स्कर्टिङमा एक सयवटा टिपर बञ्चरेडाँडा पठाइएको काठमाडौं महानगरपालिकाले जनायो।

    यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर विसर्जन हुन सकेको छैन।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार