Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन तस्करी प्रकरण: थप एक चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ


    बिहिबार, साउन ४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुन तस्करी प्रकरणमा थप एक चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको स्रोतले जानकारी दिएको छ। नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको हो ।

    यस्तै यस प्रकरणमाचितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।

    यसअघि मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

    उनीहरुको त्यो सुन तस्करी प्रकरणमा संलग्नता रहेको राजश्व अनुसन्धान विभागले दाबी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार