काठमाडौं । व्यवसायी दीपक मल्होत्राले हिजो बुधबार काठमाडौंको सिनामंगलबाट बरामद गरिएको ठूलो परिमाणको सुन तस्करीमा आफ्नो कुनै पनि प्रकृतिको संलग्नता नरहेको उल्लेख गरेका छन् ।
केही सञ्चारमाध्यमले बरामद गरिएको सुन मल्होत्राको रहेको समाचार प्रकाशन गरेपछि बिहीबार पत्रकार सम्मेलन गर्दै व्यवसायी मल्होत्राले यस्तो गैर कानुनी कार्यमा आफू र आफ्ना परिवारको कुनै संलग्नता नरहेको बताएका हुने ।
पत्रकार सम्मेलनमा मल्होत्राले भने– ‘आजसम्म म र मेरो परिवारले नेपालको कानुनभन्दा बाहिर गएर कुनै पनि काम गरेको छैन । यस्तो गैर कानुनी काममा मेरो नाम जोडिनु दुःखद कुरा हो । यसको खण्डन गर्न चाहन्छु ।’
व्यवसायी मल्होत्राले मुख्य अभियुक्तलाई उन्मुक्ति दिने षड्यन्त्रका साथ मंगलबार भएको सुन बरामदमा आफ्नो नाम जोडिएको समेत आरोप लगाएका छन् ।
पत्रकार सम्मेलनमा मल्होत्राले भने– ‘मेरो बिचारमा बरामद गरिएको सुन तस्करीमा संलग्नलाई उन्मुक्ति दिने योजनासहित गलत तरिकाले मेरो नाम मुछिएको छ । मुख्य कारोबारीलाई उन्मुक्ति दिने प्रयास भएको देख्छु ।’
हिजो राती राजश्व अनुसन्धान विभागले झन्डै सय किलो सुन काठमाडौंको सिनामंगलबाट बरामद गरेको थियो ।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend