Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अब छिट्टै बुढीगण्डकी जलविद्युत आयोजनाको शिलान्यास गर्छु: प्रचण्ड


    बुधबार, साउन ३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै बुढीगण्डकी जलविद्युत आयोजनाको शिलान्यास गर्ने बताएका छन् । बुधबार बुढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालयको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘पहिले जस्तो देशभर के के आयोजनाको उद्घाटन र शिलन्यास भए तर काम केही भएन यो पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता यहाँका स्थानीयबासीको थियो’, उनले भने, ‘तर हिजो हामी सबै बसेर एउटा बैठक गर्‍यौ र यो आयोजना निर्माण कार्य अघि बढाउनुपर्छ भन्ने निष्कर्षमा पुगेपछि म यहाँ आयोजना बन्नेमा निर्धक्क भएर आएको छु ।’

    आयोजना निर्माण कार्य यथाशीघ्र अघि बढाउने बताउँदै उनले शिलन्यासका लागि आफै आउने आश्वासन समेत दिए । प्रधानमन्त्रीले भने, ‘हुन त चौथो पटक प्रधानमन्त्री भएपछि शिलान्यास गर्न आउने हो कि भनेर पनि भन्नुभएको छ, तर यही पटक म शिलान्यास गर्न आउछु ।’

    बुढीगण्डकी आयोजनाका लागि हालसम्म ४३ अर्व रकम खर्च भइसकेकाले अव आयोजना निर्माणमा ढिलाइ गर्न नहुने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार