काठमाडौँ । आज बिहान काठमाडौँको सिनामंगलमा शङ्कास्पद वस्तु राखेको आरोपमा प्रहरीले रौतहट घर भएका खजान्ती पासवानलाई पक्राउ गरेको छ । रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर–८ घर भका पासवान सिनामंगलस्थित सुकुम्वासी बस्तीमा बस्छन् ।
पासवानलाई आज घटनास्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले बताए । खोटाङ हलेसी ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु राखेको आरोपमा पक्राउ परेका पासवानले आफूलाई मोबाइल दिएर कसैले राख्न लगाएको बयान दिएका छन् ।
पक्राउपछि उनले प्रहरीसँग भनेका छन्–‘राख्न लगाउने मान्छेलाई चिन्दिनँ, नेपाली मान्छे हो ।’ शङ्कास्पद बस्तु दिनेले ‘त्यहाँ राख’ भनेपछि आफूले राखेको उनले बताएका छन् ।
शङ्कास्पद बस्तु राखेपछि उनी घटनास्थलमा नै बसेर रमिता हेरिरहेका थिए । अनुसन्धान अधिकृतहरूले उनलाई सिसिटिभी फुटेको आधारमा पक्राउ गरेका हुन् । प्रहरीसँगको बयानमा उनले भनेका छन्–‘म काम गर्ने मान्छे हुँ ।’
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend