काठमाडौं । प्रहरीले कैलाली, टिकापुर नगरपालिका-१ समितिपुरबाट अवैध लागूऔषध खैरो हेरोईन २ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय नबिन थापालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिंडिरहेका नबिनको शरीर तलासी गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, जानकी गाउँपालिका-१ तोरैयापुरबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ९ सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय ओमकार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ बस्ने २४ वर्षीय अनिल भट्टराईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अनिलको घरमा लागूऔषध बिक्रिबितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-३ बस्ने २६ वर्षीय सगर सहनीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सहनीलाई लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी मोरङ, पथरीशनिश्चरे नगरपोलिका-१० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १६ चक्कीसहित सोही ठाउँ आफ्न्तकोमा बस्ने उदयपुर चौदण्डी नगरपपालिका-३ घर भएका १९ वर्षीय बिबस मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
झापा, बाह्दशी गाउँपालिका-६ मोतिगडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ५० मिलिग्राम, डिजिटल ताराजु १ थान र नगद ३ हजार ६ सय रुपैयाँसहित सोही ठाउँ बस्ने ४२ वर्षीय राम बहादुर तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले बा।२६ प ३६३८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङको साथबाट १ ग्राम २ सय ५० मिलिग्राम र उनको घर तलासी गर्दा १ ग्राम गरी उक्त परिमाणको पदार्थ, तराजु र नगदसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
चितवन, राप्ती नगरपालिका-१ लोथरबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित भारत झारखण्ड कोर्डमा बस्ने ३५ वर्षीय मनोज कुमार पासवान समेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट लोथरबाट खटिएको प्रहरीले एमएच ४८ एवाइ ४७०९ नम्बरको गाडी जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-१२ बस्ने ३० वर्षीय अनिष रानालाई अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ३ सय मिलिग्राम, नगद २ हजार ५ सय ५० रूपैयाँ, १ हजार भारतीय रुपैयाँ र लागूऔषध नाप्ने डिजिटल तराजु १ थानसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले सबै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend