काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता अनमोल केसीले २०८० सालभित्र आफूले काम गर्ने कुनै फिल्म पनि रिलिज नहुने बताएका छन् । उनले २०८१ सालमा मात्र आफू अभिनित फिल्म दर्शकमाझ प्रदर्शन हुने जानकारी दिए ।
उनले भने, ‘यस वर्ष फिल्म सुटिङको काम हुने भए पनि रिलिज हुनेछैन । अर्को वर्ष मात्र फिल्म रिलिजको तयारी छ । दर्शकले २०८१ मा मात्र मेरा फिल्म हेर्न पाउनुहुनेछ ।’ होम प्रोडक्सन सुपर काजल्सको फिल्म, जेरी अनटप, रोहित अधिकारीले निर्माण गर्ने फिल्म र सुदर्शन थापाको प्रोजेक्ट आफ्नो पाइपलाइनमा रहेको उनले जानकारी दिएका छन् ।
‘तर कुनै फिल्म पनि कुन मितिदेखि ठ्याक्कै सुटिङमा जान्छन् भन्ने निधो छैन,’ अनमोलले भने, ‘यस वर्ष छायांकन त हुन्छन् तर प्रदर्शन चाहिं हुने छैन ।’ अनमोल अभिनित पछिल्लो फिल्म ‘छड्के २’ ले उनको करिअरमा चुनौती खडा गरेको थियो । हतार नगरीकन र समय लिएर मात्र उनी छायांकनमा जाने तयारीमा छन् ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend