काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता अनमोल केसीले २०८० सालभित्र आफूले काम गर्ने कुनै फिल्म पनि रिलिज नहुने बताएका छन् । उनले २०८१ सालमा मात्र आफू अभिनित फिल्म दर्शकमाझ प्रदर्शन हुने जानकारी दिए ।
उनले भने, ‘यस वर्ष फिल्म सुटिङको काम हुने भए पनि रिलिज हुनेछैन । अर्को वर्ष मात्र फिल्म रिलिजको तयारी छ । दर्शकले २०८१ मा मात्र मेरा फिल्म हेर्न पाउनुहुनेछ ।’ होम प्रोडक्सन सुपर काजल्सको फिल्म, जेरी अनटप, रोहित अधिकारीले निर्माण गर्ने फिल्म र सुदर्शन थापाको प्रोजेक्ट आफ्नो पाइपलाइनमा रहेको उनले जानकारी दिएका छन् ।
‘तर कुनै फिल्म पनि कुन मितिदेखि ठ्याक्कै सुटिङमा जान्छन् भन्ने निधो छैन,’ अनमोलले भने, ‘यस वर्ष छायांकन त हुन्छन् तर प्रदर्शन चाहिं हुने छैन ।’ अनमोल अभिनित पछिल्लो फिल्म ‘छड्के २’ ले उनको करिअरमा चुनौती खडा गरेको थियो । हतार नगरीकन र समय लिएर मात्र उनी छायांकनमा जाने तयारीमा छन् ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend