Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • त्रिभुवन विमानस्थलबाट १० हजार डलरसहित एक विदेशी पक्राउ


    मंगलबार, साउन २ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमद रहेका छन् ।

    नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्यान्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाएर लैजान लागेको १०० दरको १०० थान अमेरिकी डलर फेला परेको थियो ।

    उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि सोमबार राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार