Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमै आफ्नै बाबुद्वारा छोरी बलात्कृत


    मंगलबार, साउन २ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंमै आफ्नै बाबुद्धारा १३ वर्षीया छोरी बलात्कृत भएको एक घटना सार्वजनिक भएको छ। छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेका बाबुविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता समेत भएको छ।

    बाबुविरुद्ध हाडनाता करणीमा मुद्दामा दर्ता भएको हो। काठमाडौंको बालाजु क्षेत्रमा बस्ने एक बाबुले छोरी बलात्कार गरेका प्रहरीले जनाएको छ। उनले आफ्नै १३ वर्षीया छोरी बलात्कार गरेको पाइएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो।

    श्रीमान–श्रीमती छ्ट्टा छुट्टै बस्दै आएकोमा उनीहरुका एक छोरा र एक छोरी बाबुसँग बस्दै आएका थिए। आफूसँगै बस्दै आएकी १३ वर्षीया छोरीलाई बाबुले घरमै बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ। यो घटना गत जेठ अन्तिम साताको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार