काठमाडौं । आर्थिक वर्ष २०७९–८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९–८० मा सात लाख ७१ हजार ३२८ जना श्रमस्वीकृति लिएर विदेश गएका छन् । वैदेशिक रोजगारीका लागि आर्थिक वर्ष २०७८–७९ मा छ लाख ३० हजारले श्रमस्वीकृति लिएका थिए ।
वैदेशिक रोजगार विभागका निर्देशक गुुरुदत्त सुुवेदीले नेपालको आन्तरिक रोजगारीको विकल्पका रूपमा रहेको वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पछिल्लो दुुई वर्षदेखि बढेको बताए । उनले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रमस्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई श्रमस्वीकृति लिनेको सङ्ख्या बढेको दाबी गरे।
वैदेशिक रोजगारीका लागि चालु आर्थिक वर्षमा श्रमस्वीकृति सबैभन्दा बढी कात्तिकमा लिएको पाइएको छ । कात्तिकमा ७८ हजार ३७० जनाले श्रमस्वीकृति लिएका थिए भने सबैभन्दा कम वैशाखमा ५४ हजार ४५७ जनाले श्रमस्वीकृति लिए । गत भदौमा ७६ हजार ४०३ जनाले, असारमा ७१ हजार पाँच सयले, मङ्सिरमा ६८ हजार ५६४ जनाले, साउनमा ६५ हजार ४६२ जनाले, पुसमा ६४ हजार ४६४ जनाले र माघमा ६४ हजार २८४ जनाले वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएर विदेशिएका छन् । त्यसै गरी गत फागुुनमा ६१ हजार ८४५ जनाले, चैतमा ६१ हजार ४७८ जनाले, जेठमा ५९ हजार ४२२ जनाले र असोजमा ५८ हजार १९२ जनाले श्रमस्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७७–७८ मा एक लाख ६६ हजार ६९८ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रमस्वीकृति लिएको विभागले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७६–७७ मा श्रमस्वीकृति लिएर विदेश जानेको सङ्ख्या तीन लाख ६५ हजार ४३३ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । वैदेशिक रोजगार विभागका अनुसार विभागले २०५० सालदेखि श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्याङ्क राख्न सुरु गरेको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend