इटहरी । इटहरी उपमहानगरपालिकाले आज(सोमबार) बजार अनुगमन गरेको छ। इटहरी उपमहानगरपालिकाले अनुगमनका क्रममा मिठाई पसल तथा मासु पसलहरुको अनुगमन गरेको थियो ।
इटहरीको उक्त बजार अनुगमनमा बासी र सडेगलेको मिठाई मासु बिक्री वितरण गर्ने गरेको भेटिएको छ । बासी लगेको मासु बिक्री गर्ने एक पसलमा उपमहानगरले ताला लगाएको छ ।
अनुगमनका क्रममा बिक्रीका लागि राखिएको मासु दुई तिन दिन देखी राखेको र गलेको अवस्थामा भेटिएको थियो । बीपी चौक स्थित बत्सु मिट सेन्टरले बासी र गलेको मासु बिक्रीका लागि राखिएको थियो । खान अयोग्य भेटिएपछि उपमहानगरले सो पसलमा ताला लगाई दिएको छ ।
यस्तै इटहरीका केही मिठाई पसलमा अखाद्य वस्तु भेटिएको छ । बिक्रीका लागि राखेका मिठाई तथा अन्य खाद्यवस्तुमा झिँगा भन्किएको, किरा परेको भेटिएको थियो । इटहरीको मुख्य बजारमै सञ्चालनमा रहेको नटराज मिठाई पसलमा म्याद गुज्रिएका खानेकुरा भेटिएको थियो ।
मेयर हेमकर्ण पौडेल सहित पुगेको अनुगमन टोलीले सामानको म्याद हेर्न थालेपछि पसलका सञ्चालकले हतार हतार म्याद गुज्रिएको सामान मिल्काएका थिए । मेयर पौडेलकै अगाडी म्याद गुज्रिएको सामान फालेका सञ्चालकले पछि माफी मागेका थिए । उनको पसल माथि कानुनी कारबाही अगाडि बढाइने जनाइएको छ ।
अनुगमन टोलीले इटहरीका विष्णु मिष्ठान्न भण्डार, नटराज मिठाई पसल, हिरा होटल, सगुन स्विट्स, बालाजी मिठाई पसल लगायतका मिठाई पसलको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अधिकांश मिठाई पसलमा भान्छा सफा नभएको, म्याद गुज्रिएका खाद्यान्न विक्रीका लागि राखिएको, सरसफाइ राम्रोसँग नभएको जस्ता कैफियत भेटिएको थियो ।
बासी र सडेगलेका सामग्री बिक्रीका लागि राखेको, झिँगा र कीरा परेका खाद्यपदार्थ बिक्रीका लागि राखेको पाइएपछि ती नष्ट गरी कानुनी कारबाही अगाडि बढाइएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend