Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज कांग्रेस पदाधिकारी बैठक बस्दै


    सोमबार, साउन १ २०८०
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज (सोमबार) बस्दैछ।

    बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु हुनेछ। मंगलबार दिउँसो २ बजेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। उक्त बैठकका लागि एजेन्डा तयर गर्न आज पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाइएको हो।

    झण्डै एक वर्षपछि मंगलबार कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको हो। यसअघि गत असार २७ गते बैठक डाकिएकोमा सोही दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्नीशोक परेपछि स्थगित भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार