sf7df8f}F # h]7 M sf]/f]gf efO/;sf] /f]syfd tyf lgoGq0ffsf nflu nufOPsf] ns8fpgsf] %%cf}F lbg zlgaf/ ;'g;fg gofF afg]Zj/ rf]s . t:jL/ M /f]zg ;fksf]6f÷/f;;
काठमाडौं । व्यस्त चोकमा दायाँतर्फ मोडिने सवारी साधन असहज अवस्थामा हुन्छन् । त्यही अप्ठ्यारोलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकाका व्यस्त चोकहरूको सुधार सुरु भएको छ । परीक्षणका लागि नयाँ बानेश्वर चोकमा सुधार कार्य सुरु भएको छ । दायाँ मोडमा विश्राम क्षेत्र अर्थात् ‘राइट टर्निङ होल्डिङ जोन’ नाम दिइएको सुधारको काम जापानी सहयोग नियोग जाइकाको सहयोगमा हुन थालेको हो ।
माइतीघर–तीनकुने सडकखण्डमा ओहोरदोहोर गर्ने सवारीसाधन पुरानो बानेश्वर र शङ्खमूलतर्फ जाने क्रममा नयाँ बानेश्वर चोक र सो क्षेत्रमा जाम नहोस् भन्ने उद्देश्यसहित ‘राइट टर्निङ होल्डिङ जोन’ निर्माण सुरु गरिएको सडक विभागले जनाएको छ ।
विभागका महानिर्देशक सुशीलबाबु ढकालले अध्ययन प्रतिवेदन अनुसार काठमाडौँ उपत्यकाका अति व्यस्त चोकमध्ये एक नयाँ बानेश्वरको ट्राफिक व्यवस्थापन तथा सो क्षेत्रमा हुने सवारी जाम घटाउन निर्माण सुरु गरिएको जानकारी दिए । नयाँ बानेश्वर चोकदेखि पूर्व र पश्चिममा यस जोनको निर्माण भइरहेको छ ।
“निर्माण सुरु भइसकेको छ । त्यसै अन्तर्गत सो क्षेत्रमा माइतीघर–तीनकुने सडकखण्डको बिच (मेडियन) मा लगाइएका रुखबिरुवा उखेल्ने र तार पोल हटाउने काम भइरहेको छ,” उनले भने, “जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को करिब साठी लाख रुपियाँ अनुदान सहयोगमा निर्माण भइरहेको छ । अब बढीमा डेढ महिनाभित्र निर्माण सम्पन्न हुन्छ ।’’
महानिर्देशक ढकालका अनुसार अहिले सडक बिचमा रहेको ‘मेडियन’ लाई साँघुरो पारेर नयाँ लेन निर्माण गरिने छ, जुन लेनबाट माइतीघरतिरबाट आउने सवारीसाधन शङ्खमूलतर्फ जाँदा अरू लेनका सवारीसाधन रोक्नु पर्दैन । त्यसै गरी तीनकुनेतिरबाट आउने सवारीसाधन पुरानो बानेश्वरतर्फ जाँदा अन्य लेनलाई असर गर्दैन । यसले गर्दा नयाँ बानेश्वर चोकमा ट्राफिक व्यवस्थापन सहज हुनुका साथै सो क्षेत्रमा सवारी जाम हुने छैन । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend