पर्वत। पर्वत जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।
उक्त दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यसअघि दुर्घटनामा परी सात वर्षीया बालिका शीतल विकको मृत्यु भएको थियो भने ११ जना घाइते भएका छन् । पर्वतको कुश्मा बजारदेखि दुर्लुङ जाँदै गरेको ग १ ज ५२२९ नम्बरको जीप गएराति दुर्लुङको गौडामुनी भन्ने स्थानमा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएकामध्ये सात जनालाई थप उपचारका लागि पोखरा पठाइएकोे प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताए । उनका अनुसार दुर्घटनामा घाइते भएकामध्ये शौरभ विक, शान्ति विक, अम्मर विक, निशान परियारको अवस्था सामान्य रहेकाले उनीहरुको पर्वत अस्पतालमा उपचार भइरहेको छ ।
अन्य घाइतेहरु कृष्णप्रसाद पाध्या, हीरादेवी मगर, मीनबहादुर क्षेत्री, चन्द्रकला क्षेत्री, अमृत क्षेत्री र भवदत्त शर्माको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । यात्रवाहक जीपको टायर फुस्केर ब्रेक फेल हुँदा दुर्घटना भएको उनले जानकारी गराए ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend