काठमाडौं। देशका विभिन्न स्थानमा पाँच जना मृत फेला परेका प्रहरीले जनाएको छ। दैलेखको नौमूले गाउँपालिका–८ चौराठाकी ४९ वर्षीया लक्ष्मी रिमाल सोही ठाउँको झिम्पेखोलामा बिहीबार मृत अवस्थामा फेला परेकी छन्।
नारायण नगरपालिका–७ स्थित गोरेटोबाट घर जाने क्रममा चिप्लिएर झिम्पेखोलामा खस्न गई खोलाले बगाएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र अस्थायी प्रहरी पोस्ट लोहरे खोलाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।
यस्तै, भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुकी ३८ वर्षीया माया नगरकोटी सोही ठाउँको जंगलमा बिहीबार मृतावस्थामा फेला परेकी छन्। १३ असारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो।
प्रहरीका अनुसार झापाको गौरादह नगरपालिका–६ टगुवास्थित रतुवा खोलाको बगरमा टगुवा घर भई हाल दमक नगरपालिका–४ ताराबारी बस्ने ६५ वर्षीय भागवत शर्मा बिहीबार मृतावस्थामा फेला परेका छन्।
यस्तै, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० लोहरौलास्थित पुलको छेउमा कपिलवस्तु नगरपालिका–११ बस्ने ५६ वर्षीय आशुतोषकुमार अग्रहरी बिहीबार मृतावस्थामा फेला परेका छन्।
यसैगरी सुनसरीको धरान उपमहानगर–८ हिमाली सामुदायिक वनभित्र खोल्सामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला बिहीबार मृतवास्थामा फेला परेकी छन्। सबै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend