काठमाडौं। देशका विभिन्न स्थानमा पाँच जना मृत फेला परेका प्रहरीले जनाएको छ। दैलेखको नौमूले गाउँपालिका–८ चौराठाकी ४९ वर्षीया लक्ष्मी रिमाल सोही ठाउँको झिम्पेखोलामा बिहीबार मृत अवस्थामा फेला परेकी छन्।
नारायण नगरपालिका–७ स्थित गोरेटोबाट घर जाने क्रममा चिप्लिएर झिम्पेखोलामा खस्न गई खोलाले बगाएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र अस्थायी प्रहरी पोस्ट लोहरे खोलाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।
यस्तै, भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुकी ३८ वर्षीया माया नगरकोटी सोही ठाउँको जंगलमा बिहीबार मृतावस्थामा फेला परेकी छन्। १३ असारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो।
प्रहरीका अनुसार झापाको गौरादह नगरपालिका–६ टगुवास्थित रतुवा खोलाको बगरमा टगुवा घर भई हाल दमक नगरपालिका–४ ताराबारी बस्ने ६५ वर्षीय भागवत शर्मा बिहीबार मृतावस्थामा फेला परेका छन्।
यस्तै, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० लोहरौलास्थित पुलको छेउमा कपिलवस्तु नगरपालिका–११ बस्ने ५६ वर्षीय आशुतोषकुमार अग्रहरी बिहीबार मृतावस्थामा फेला परेका छन्।
यसैगरी सुनसरीको धरान उपमहानगर–८ हिमाली सामुदायिक वनभित्र खोल्सामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला बिहीबार मृतवास्थामा फेला परेकी छन्। सबै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend