Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनुमति नलिई बर्दी लगाएर टिकटक भिडिओ बनाउने २०८ प्रहरी कारबाहीमा


    शुक्रबार, असार २९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। अनुमति नलिई बर्दी लगाएर टिकटक भिडिओ बनाउने २०८ जना प्रहरी कारबाहीमा परेका छन्। २०७७ असोज २२ गते प्रहरी प्रधान कार्यालयले अनुमति नलिई भिडिओ, चलचित्र, टेलिचलचित्र, टिकटक भिडिओ बनाएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको थियो।

    सो अनुसार प्रहरी प्रधान कार्यालयले ‍बर्दी लगाएर भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने प्रहरीलाई कारबाही गरेको हो।

    २०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म २०८ जना प्रहरीलाई कारबाही गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जानकारी दिए।

    उनका अनुसार २०७७/७८ मा ८२ जना, २०७८/७९ मा ३० जना र २०७९/८० मा ९६ जना प्रहरीलाई कारबाही गरिएको हो।

    ‘पहिलोपटक चेतावनी दिन्छौँ। दोहोरिएमा एक दिनको तलब कटौटी गर्नेदेखि वढुवा रोक्कासम्म हुन्छ,ʼ डिआइजी कडायतले भने।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार