बैतडी। बैतडीमा हजुरबुवाको कुटाइबाट नातीको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका–६ मुडेलीधारमा दुई वर्षीय नातीको हजुरबुवाको कुटाइबाट मृत्यु भएको छ भने अर्का ८ वर्षीय नाती भने गम्भीर घाइते भएका हुन् ।
हिजो बिहीबार दिउँसो हेरचाहाका क्रममा ५० वर्षीय गणेश साउँदले दुई वर्षीय आफ्नै नाती रेसम साउँद र ८ वर्षीय रिजन साउँदलाई कुटेर गम्भीर घाइते बनाएका थिए गम्भीर घाइते भएका दुई वर्षीय रेसमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु् भएको हो ।
अर्का उनका दाजु ८ वर्षीय रिजनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । रिजनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।
हजुरबुवाको निर्घात कुटपिटबाट दिपक साउदका दुई वर्षीय छोरा रेसम र ८ वर्षीय रिजन गम्भीर घाइते भएका थिए । हेरचाहा गर्न हजुरबुवासँग छोडेर आमा र हजुरआमा घाँस काट्न गएको बेला साउदले नातीहरुलाई निर्घात कुटपीट गरेका थिए । आरोपित साउदको मानसिक अवस्था ठिक नभएको बुझिएको छ ।
उक्त कुटपीट गर्ने बाजे गणेश साउदलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend