Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


    शुक्रबार, असार २९ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजे बैठक बस्ने भएको हो ।

    बैठकमा विनियोजन विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची छ । हिजो राष्ट्रियसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको थियो ।

    त्यसैगरी बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्ने र राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार