काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौ पैसा उठाउने प्रकरणमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका ५९ वर्षीय केशव तुलाधर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सो कार्यालयबाट खटिएको टोलीले बुधबार (हिजो) काठमाडौंकै सानो भर्याङबाट उनलाई नियन्त्रणमा लिएको एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै रकम ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध ठगी तथा संगठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको एसपी रेग्मीले बताए ।
यो मुद्दामा यसअघि पक्राउ परेका १८ मध्ये काठमाडौं जिल्ला अदालतले दुईलाई धरौटीमा रिहा र १६ जनालाई थुनामा पठाउन आदेश दिएको थियो । यही असार १ गते न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले यस्तो आदेश दिएको हो ।
आदेशपछि प्रतिवादीमध्येका टंक गुरुङ १० लाख र लक्ष्मी महर्जन पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । यस्तै, ‘हाई प्रोफाइल’हरू बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायत सबै प्रतिवादीलाई जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा थुनामा पठाइएको थियो ।
यस्तै तीमध्येका केही प्रतिवादीले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend