Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वीरगन्जबाट १५ किलो चरेससहित २ जना पक्राउ


    बुधबार, असार २७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पर्सा। वीरगन्ज भन्सारको मूल गेटको चेकप्वाइन्टबाट आज बिहान सशस्त्र प्रहरीले २ जनालाई लागूऔषध चरेससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पटेर्वासुगौली गाउँपालिका–५ का ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझी रहेका छन् ।

    भन्सार मूल गेटमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको चेक प्वाइन्ट ड्युटी टोलीले विशेष सूचनाको आधारमा बीआर २२ एम ४२०६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर भारततर्फ जाँदै गरेका माझीद्वयको मोटरसाइकल चेक गरेको थियो । मोटरसाइकलको ट्यांकीबाट १५ किलो ३ सय १० ग्राम चरेस बरामद भएको थियो ।

    पक्राउ परेका माझीद्वयलाई चरेश र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि सीमा प्रहरी चौकी इनर्वामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार