Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सीता दाहालको अन्तिम बिदाई


    बुधबार, असार २७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी स्व.सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ ।

    आज बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा ८ः३३ बजे निधन भएको हो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन राजनीतिक दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरु पुगेका छन् । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)’ बाट पीडित दाहाल लामो समयदेखि बिरामी थिइन्।

    उनको पार्थिव शरीर श्रदाञ्जलीका लागि ११ देखि १ बजेसम्म पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा राखिने छ भने दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार