काठमाडौं । अदालतले नेपाल रेडक्रस सोसाइटीको यही असार २७ र २८ गते गर्ने भनिएको निर्वाचन रोक्न आदेश दिएको छ। ‘नेपाल रेडक्रस सोसाइटीको निर्वाचन तथा महाधिवेशनसम्बन्धी कामकारबाही हाल जे जुन अवस्थामा पुगेको छ यथास्थितिमा राख्नू भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरी दिएको छ’, उच्च अदालत पाटनका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको आदेशमा लेखिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले रेडक्रस प्रशासनको आग्रहमा पत्र लेखेर निर्वाचन गर्न अनुमति दिएको थियो। प्रशासनको पत्रअनुसार निर्वाचन गर्ने तयारी थियो। रेडक्रसका आजीवन सदस्य ईश्वरीप्रसाद दाहालले निर्वाचनविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। अदालतले दुई पक्षका कारणले विवादमा परेको संस्थामा दुवै पक्षलाई बोलाएको छ।
तदर्थ समितिविहीन बनेको संस्थाले प्रशासनको पत्रअनुसार बुधबार र बिहीबारका लागि निर्वाचन तोकेको थियो। संस्थाले गर्न लागेको निर्वाचनलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत दलले समर्थन गरेका थिए। उनीहरूले भागबण्डा नै गरिसकेका थिए।
यो संस्थामा लामो समयदेखि विवाद छ। ठूला–ठूला भ्रष्टाचार काण्ड भएका छन्। यो स्वार्थ समुहको कब्जामा छ। जिल्लादेखि केन्द्रसम्मै एउटा नेतृत्व वर्षौसम्म छन्। अर्बौको भ्रष्टाचार काण्ड छताछुल्ल छन्। संस्थाको नवीकरणसमेत भएको छैन। रेडक्रसको विषय छानबिन गर्न १९ वटा अध्ययन समिति बनेका छन्।
१६ वटा प्रतिवेदन छन्। ती सबै समितिका प्रतिवेदनले संस्थामा भ्रष्टाचार भएको देखाएका छन्। समिति र अध्ययन प्रतिवेदनले रेडक्रस भ्रष्टाचारको अखडा भएको देखाएका छन्। जेनेभास्थित रेडक्रसको अन्तरराष्ट्रिय समिति आईसीआरसीले भ्रष्टाचार भएको भनेको छ। मानवता, निष्पक्षता, तटस्थताको आधारभूत सिद्धान्त बोकेको रेडक्रसलाई समस्याग्रस्त बनाइएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend