कपिलवस्तु। विषालु सर्पले टोक्दा दुई दाजुभाइसहित ४ जनाको मृत्यु भएको छ ।
बुद्धभूमि नगरपालिका १, कपासीका दाजुभाइ ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दिपक भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ । हजुरआमासँग भुइँमा सुतेका उनीहरुलाई सोमबार राति सर्पले डसेको थियो । बिहान दाजुभाइ अचेत अवस्थामा भेटिएका थिए ।
परिवारले उपचारका लागि गोरुसिंगेस्थित बुद्ध पोलिक्लिनिक लगेका थिए । पोलिक्लिनिकले बुटवल रिफर गरेको थियो । बुटवल लैजाँदा एक जनाको बाटोमै र अर्काको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुँदाहुँदै मृत्यु भएको बताइएको छ ।
त्यस्तै, महाराजगन्ज नगरपालिकाकी ३१ वर्षीया अनिता यादवलाई गोमन सर्पले डस्दा उनको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–१० हरदासडिहवाकी १४ वर्षीया ममता चमारको पनि विषालु सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जनालाई गोरुसिंगे सर्पदंश उपचार केन्द्रमा लगे पनि ढिलो भएका कारण मृत्यु भएको हो । उनीहरुलाई सोमबार दिउँसो र साँझ सर्पले डसेको जनाइएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend