काठमाडौं। संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दै छ। हिजो सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक सुचना टाँसेर स्थगित भएको थियो। सोमबार शीर्ष नेताहरुको छलफलमा सदनको अवरोध खुल्ने सहमति भएपछि मंगलबारदेखि राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश गर्ने भएको छ। बैठक बिहान ११ बजेर १ मिनेटमा सुरु हुने संसद् सचिवालयले जनाएको छ।
राष्ट्रिय सभा बैठकका लागि सम्भावित कार्यसूची पनि तयार पारिएको छ। राष्ट्रिय सभामा विनियोजन विधेयकमााथि छलफल हुने छ। बजेटको मन्त्रालयगत छलफल चलिरहँदा प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितको विरोधका कारण वैठक रोकिएको थियो। प्रधानममन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर विवाद भएपछि एमाले निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो।
आजको राष्ट्रिय सभाको सम्भावित कार्यसूचीअनुसार विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमा छलफल गरिनेछ।
यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजनबारे छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend