Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २२.७ प्रतिशतले बढ्यो रेमिट्यान्स, ११ महिनामा भित्रियो सवा ११ खर्ब


    सोमबार, असार २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल भित्रने रेमिट्यान्समा २२.७ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ।

    राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ११ महिनामा नेपाल भित्रने रेमिट्यान्समा उक्त वृद्धि आएको हो ।

    उक्त अवधिमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

    अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ४.१ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १३ प्रतिशतले वृद्धि भएर आठ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १.८ प्रतिशतले बढेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार