Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मिटरब्याज पीडितलाई भेट्न गृहमन्त्री श्रेष्ठ बानेश्वरमा


    आइतबार, असार २४ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। मिटरब्याज पीडितलाई भेट्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नयाँ बानेश्वर पुगेका छन् । मिटरब्याजविरूद्धको कानुन पारित गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका पीडितलाई भेट्न गृहमन्त्री श्रेष्ठ आज नयाँ बानेश्वर गएका हुन ।

    मिटरब्याजपीडितको न्यायका लागि भन्दै सरकारले ल्याएको विधेयक प्रमुख प्रतिपक्षी दल एमालेले गरेको सदन अवरुद्धका कारण निष्क्रिय भएपछि पीडितहरु आन्दोलनमा उत्रिएका छन् । सोही क्रममा गृहमन्त्री श्रेष्ठले सरकारले मिटरब्याज पीडितलाई न्याय दिलाउने बताएका छन् । मिटरब्याजी पीडितलाई न्याय दिलाउन सरकारले कुनै कसर नराख्ने उनको दाबी छ ।

    उनले भने, ‘पीडितहरुलाई न्याय दिनको लागि अध्यादेश ल्यायो । अनुचित लेनदेन वा मिटरब्याजी सम्बन्धी ल्याएका थियौं। अध्यादेशको अवधी सकिएको कारणले निष्क्रिय भएको छ । विधेक संसदमा छ । अस्वीकार भएको होइन। विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाइने छ। कानुन बनाइछाडिनेछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार