काठमाडौँ। नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाको नाम उल्लेख भएको अडियोमा प्रतिवादी सन्देश शर्माकै स्वर रहेको स्पष्ट भएको छ ।
प्रहरी प्रधान कार्यालयले नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर विदेश लैजाने प्रकरणमा सार्वजनिक अडियो परीक्षण गर्दा प्रतिवादी दाङ तुल्सीपुर–१६ का ३४ वर्षीय सन्देश शर्माको स्वरसँग मेल खाएको जनाएको हो ।
गत वैशाख २ गते आफ्नो नाम जोडिएपछि आरजु राणाले साइबर ब्युरोमा दिएको उजुरीको आधारमा गरिएको परीक्षणमा सन्देश शर्माको आवाज भएको दाबी गरेको प्रहरीले उक्त अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार गरेको भए पनि थप विवरण नआएको जनाएको छ ।
उक्त अडियोमा आरजुलाई पनि पैसा दिइएको सन्देशले बोलेका छन् । तर, यसलाई आरजुले खण्डन गर्दै आफूले यसबारे जानकारी नै नभएको बताउँदै आएकी छन् ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा सन्देश पुर्पक्षका लागि थुनामा छन् । उनीविरुद्ध गठीत तथा सङ्गठित अपराध कसुरमा मुद्दा चलाइएको छ ।

काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend