काठमाडौं। बलम्बुमा निर्माणाधीन मुलुककै पहिलो फ्लाइओभरको काम आधाभन्दा बढी सम्पन्न भएको छ । फ्लाइओभर आगामी वर्षदेखि सञ्चालनमा ल्याइने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द डमरूले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यसहित अहिले तीव्र रूपमा आयोजनाको काम भइरहेको बताए । उनका अनुसार फ्लाइओभरको सहायक संरचनाका रूपमा निर्माण गर्नुपर्ने पाँच वटा पाइलमध्ये दुई वटाको निर्माण सम्पन्न भइसकेको छ । त्यसै गरी एउटा पाइलको जग हाल्ने काम सम्पन्न भइसकेको छ । फ्लाइओभरको निर्माण अवधि सन् २०२४ अप्रिल २५ सम्म रहेको छ ।
निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै सवारीसाधन राजमार्गबाट सुरुङमार्गतिर मोडिँदा हुन सक्ने ट्राफिक जामलाई न्यूनीकरण गर्ने उद्देश्यसहित फ्लाइओभरको निर्माण भइरहेको छ ।
फ्लाइओभर निर्माणका लागि सोको क्षेत्राधिकार (राइट अफ–वे) मा पर्ने १२ रोपनी जग्गा अधिग्रहण गर्नुका साथै पक्की र टहरा गरी कुल ५७ वटा संरचना भत्काइएको छ । फ्लाइओभरको क्षेत्राधिकारमा पर्ने जग्गाधनीले प्रतिआना ५० लाख रुपियाँका दरले मुआब्जा पाएका छन् ।
आयोजनाका उपनिर्देशक डमरूका अनुसार पृथ्वी राजमार्गबाट सुरुङमार्गको काठमाडौँतर्फको पोर्टलसम्म पुग्न फ्लाइओभर निर्माण गर्न लागिएको छ। राजमार्गको बिचको दुई लेनबाट सो फ्लाइओभरलाई जोडिने छ।
फ्लाइओभर निर्माण भइसकेपछि बलम्बु क्षेत्रमा पृथ्वी राजमार्गको दुई लेन सो फ्लाइओभरका लागि नै प्रयोग गर्नु पर्ने हुन्छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend