Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् यो सातामा प्रतितोला १ हजारले बढ्यो सुनको मूल्य


    शनिबार, असार २३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । यो साता स्थानीय बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ ।

    गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा तोलामा १ हजार रुपैयाँले सुनको मूल्य बढेको सुनचाँदी महासंघले जनाएको हो । गत साताको शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ६०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा बढेर १ लाख १० हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै, यो साताको शुक्रबार तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ छ ।

    यस्तै यो साता आइतबार नै सुनको मूल्य बढेको थियो । यस्तै, सोमबार सामान्य घटेको सुनको मूल्य पुनः मंगलबार बढेको थियो । यसैगरी, बुधबार, बिहीबार र शुक्रबार समेत बढेको थियो । यस्तै, यो साता चाँदीको मूल्य समेत बढेको छ ।

    गत साताको शुक्रबारको तुलनामा यो साता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । गत साता प्रतितोला चाँदीको मूल्य १३६० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार १३७५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार