Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य निरन्तर बढ्दै, तोलाको कति?


    मंगलबार, असार १२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली सुनाचाँदी बजारमा आज सुनको मूल्य उकालो लागेको छ।

    नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल २०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५० हजार ५० रुपैयाँ निर्धारण भएको छ। आइतबार र सोमबार सुनको भाउ क्रमशः प्रतितोला ४०० र २०० रुपैयाँले बढेको थियो ।यसअघि सोमबार सुनको मूल्य १ लाख १० हजार ४०० रुपैयाँ कायम भएको थियो।

    यस्तै, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो। यता, मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ।

    यता आज चाँदीको भाउ तोलाको १३ सय ६५ रुपैयाँ कायम रहेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार