Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डोटीमा घर भत्किँदा एक महिलाकाे मृत्यु


    शनिबार, असार २३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • डाेटी। डोटीमा घर भत्किँदा च्यापिएर एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ज्यान गुमाउनेमा दिपायल सिलगढी नगरपालिका–५ गैरा बस्ने शंकर मलासीकी श्रीमती ३० वर्षीया गंगा मलासी रहेकी छन् ।

    शनिबार बिहान करिब ३ बजेको समयमा एक तले घरको बल्लीहरु भाँचिएर घर भत्किँदा मलासीको च्यापिएर ज्यान गएको हो । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आनसिंह धामीको कमाण्डमा १० जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयको सहयोगमा बिहान करिब पाँच बजे मलासीलाई मृत अवस्थामा फेला पारेको थियो ।

    घटनाको विस्तृत अनुसन्धानका लागि अहिले प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको कमाण्डमा ६ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार