Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्रोत नखुलेको १० लाख नगदसहित एक जना पक्राउ


    शुक्रबार, असार २२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • महोत्तरी । जलेश्वर नगरपालिका-३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगद १० लाख ३० हजार रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारत बिहार प्रान्त सितामढी थाना सुरखण्ड ग्राम सिखण्डी-५ बस्ने २० वर्षीय चन्दन कुमार साफी रहेका छन् ।

    प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले बिआर ३० डब्लु ५३१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चन्दनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार