Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एलओडीका अर्का सञ्चालक रुदिल बल्लब श्रेष्ठ पनि पक्राउ परे


    शुक्रबार, असार २२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) का अर्का सञ्चालक रुदिल बल्लब श्रेष्ठ पनि पक्राउ परेका छन् ।

    ललितपुर प्रहरी परिसरले आज बिहान ९ः३० बजे श्रेष्ठलाई कुपण्डोलबाट पक्राउ गरेको हो । गत जेठ ३० गते ठमेलको एलओडी क्लबमा पुगेकी १६ वर्षीय किशोरीको बलात्कार प्रकरणमा क्लबका सञ्चालकद्वय रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको थियो ।

    यसअघि बिहीबार साँझ क्लबमा पुगेकी नाबालिग बलात्कृत घटनामा सञ्चालक राजुसिंह सुवाललाई पक्राउ गरिएको थियो । एलओडी क्लब पुगेकी १६ वर्षीया नाबालिगलाई पोखरा घर भएका ५० वर्षीय सुदन कोइरालाले ललितपुरस्थित आफ्नो फ्ल्याटमा लगेर गत जेठ ३१ गते बलात्कार गरेको प्रहरीमा जाहेरी परेको थियो । जेठ ३१ गते बिहान ४ बजे प्रहरीले नाबालिगलाई ललितपुरको एक फ्ल्याटबाट उद्धार गरेको थियो ।

    ललितपुर प्रहरी परिसरका अनुसार पक्राउ परेका दुवैजनालाई बालबालिका सम्बनधी कसुरमा पक्राउ गरिएको हो । उमेर नपुगेको बालबालिकालाई क्लबमा प्रवेश दिएर उनीहरुमाथि अपराध भएकाले बालबालिकासम्बनधी कसुरमा उनीहरुलाई पक्राउ गरिएको हो ।

    जेठ ३० गते राती क्लबमा पुगेकी किशोरीलाई क्लबमै पुगेका कोइरालाले त्यहाँबाट लिएर आफ्नो फ्ल्याटमा आएका थिए । फ्ल्याटमा आएपछि कोइरालाले बलात्कार गरेपछि नाबालिगले आफ्नो परिवारका सदस्यलाई फोन गरेपछि परिवारको सहयोगमा प्रहरीले बालिकालाई फोन आएको एक घण्टापछि उद्धार गरेको थियो ।

    उक्त घटनापछि फरार रहेका कोइरालालाई भने सोही बिहान ९ बजे पक्राउ गरिएको ललितपुर प्रहरीका प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार